१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धनकुटाका कृषककाे च्याउ खेतीबाट लाखाैं आम्दानी


169
Shares

काठमाडौं । धनकुटाका कृषकले च्याउ खेतीबाट राम्रो उत्पादन गरेका छन् ।

च्याउ बिक्री गरेर मात्रै एक सिजनमा १२ लाखसम्म आम्दानी गरेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ का कृषकले बताएका हुन् । कोशी राजमार्गको नजिक फर्म रहेकाले बजारको समस्या नभएको उनीहरुको भनाइ छ ।

यहाँ उत्पादित च्याउ जिल्ला सदरमुकाम, स्थानीय बजार र तेह्रथुमको बसन्तपुर शुक्रबारे लगायतका बजारमा खपत हुँदै आएको छ । च्याउ बजारमा २ सय ५० रुपैयाँले बिक्री वितरण हुँदै आएको कृषकले बताएका छन् ।