२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एकै पटक १२ निर्माण कम्पनी कालो सूचीमा


741
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक विभिन्न १२ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कालो सुचीमा पर्ने निर्माण कम्पनीमा एम/एस किसान रक्तकालिका उवर क्वालिटी जेभी कम्पनी, श्री माँ हर्कादेवी विल्डर्स प्रालि, वीरगञ्जस्थित देवेन्द्र तेल उद्योग, अछामको धर्यता निर्माण कम्पनी रहेका छन् । यसैगरी रोज कन्ट्रक्सन, सानोभेरी निर्माण सेवा पनि एकवर्षे कालोसुचीमा परेका छन ।

यस्तै कालोसूचीमा परेका अन्य कम्पनीहरु पर्सास्थीत प्यासेफिक कन्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि, पृथ्वी कन्ट्रक्सन, वर्दगोरिया गापा वडा नं ४ कैलाली र जनकपरमा रहेको रन्नु भन्नु कन्ट्रक्सन एण्ड सप्लायर्स छन् ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालायको सिफारिसमा लामा/च्याङ्गमिला/सुन्दरी जेभी, लामा विल्डर्स कम्पनी, च्याङ्गमिला कन्ट्रक्शन कम्पनी प्रालि र सुन्दरी निर्माण सेवा प्रालिलाई कार्यालयले डेढ वर्षका लागि कालोसूचीमा राखेको छ ।