
काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले भवन समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ ।
बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएको हो । निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।
तीन दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन अनुसार धरौटी जफत गरी कारबाही प्रक्रिया अघि बढाइने बताईएको छ । निर्माण कम्पनीले २०७९ साउन मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ असारमा पाँच करोड ५० लाख रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्