१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण


988
Shares

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाका १ सय १० भूमिहीन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले १ सय १० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गर्नु भएको हो ।

मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजारभन्दा बढी भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । गाउँब्लक, पुनःनापी र विशेष नापीबाट ४९ हजारभन्दा बढी र राष्ट्रिय भूमि आयोग मार्फत झण्डै एक हजार घर परिवारलाई लालपुर्जा वितरण गरिएको उहाँको भनाई थियो । मन्त्री श्रेष्ठले लालपुर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि भएको बताउनुभयो ।

नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सवै समस्या समाधान गरिसक्ने उहाँको भनाई थियो । यही आर्थिक वर्षभित्र ३ सय पालिकाका पाँचलाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने मन्त्री श्रेष्ठको भनाई छ ।