१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँच हजार लालपूर्जा वितरण गर्ने तयारी


637
Shares

बारा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाराले पाँच हजार लालपूर्जा वितरण गर्ने तयारी गरेको छ ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगावै पाँच हजार लालपुर्जा बाँड्ने तयारी गरेको हो । आयोगको जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबास गरेका पाँच हजारलाई तत्कालै लालपुर्जा बाँड्ने गरी काम भइरहेको जनाएको छ ।

जिल्लाका १६ वटा स्थानीय तहमध्ये ७ वटा पालिकासँग सम्झौता गरेर आयोगले काम गरिरहेको छ । तत्कालका लागि जीतपुर सिमरा उपमहानगर अन्तर्गत पथलैया, डुमरवाना, चकरी, अम्लेखगञ्ज, रामवन लगायत कोहल्वीको केही क्षेत्रमा तत्कालै पुर्जा बाँड्ने गरी काम भइरहेको आयोगका जिल्ला अध्यक्ष छविलाल उप्रेतीले जानकारी दिनुभयो ।

जग्गाको नाप, नक्सा, फिल्डबुक, लालपुर्जा, राजस्व सबै मिलाउने काम भइरहेको उहाँले बताउनुभयो । आयोगले जीतपुर सिमरा उपमहानगर, कोहल्वी र निजगढ नगरपालिकाको ३ सय बिगाहा ऐलानी पर्ती जग्गा नापी गरिसकेको छ ।

अन्य पालिकामा भने वडाले संकलन गरेको तथ्यांक रुजु गर्ने काम भइरहेको आयोगका जिल्ला अध्यक्ष उप्रेतीले बताउनुभयो ।