
काठमाडौं । नेपालमा रहेका जैन धर्मावलम्बीहरुले विश्वशान्ति, अहिंसा र सद्भावको कामना गर्दै दश लक्षण महापर्व मनाएकाछन् ।
काठमाडौको आदिनाथ दिगम्बर जैन मन्दिरमा दश दिनसम्म उनीहरुले यो महापर्व मनाएका हुन् । बिहान चोखोनीतो भएर नित्य पूजापाठ भक्तिभावस्वरुप र साँझ महाआरती, भक्तिसंगितसहित जैन धर्मावलम्बीहरुले दशलक्षण महापर्व मनाएको जैन मन्दिर व्यवस्थापन समितिका सदस्य सुभाष जैनले जानकारी दिनुभयो ।
भारतबाट आउनु भएका विधानाचार्य संन्दिप जैन संगम अम्बलाले दश दिनसम्म भक्ति संगितसहित प्रवचन दिनुभएको थियो । विश्वमा बढ्दै गएको अशान्ति, युद्ध र अन्य द्वन्द्वको अन्त्य गर्दे विश्वमा शान्ति र एकताको प्रार्थनासमेत गरीएको थियो ।
सद्भावकालागि क्षमा भन्दा ठूलो केहि नहुने भन्दै मानव जीवनमा हुने गल्ति र दोषलाई क्षमा माग्दै क्षमा पूजासमेत गरीएको थियो ।
प्रतिक्रिया दिनुहोस्