२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

फिदिम नगरपालिकाले योजना पारदर्शीता कायम गर्न उपभोक्ता समितिलाई अभिमुखिकरण तालिम दिंदै


1.001k
Shares

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले योजना पारदर्शीता गर्न र सम्झौता बमोजिमको गुणस्तरीय काम गर्न उपभोक्ता समितिलाई सचेत गराउने उदेश्यले उपभोक्ताहरूलाई धमाधम अभिमुखिकरण तालिम प्रदान गरिरहेको छ ।

योजना संचालन गर्ने तरिका, विधि, योजना सम्पन्न भए पश्चात आवश्यक कागजातहरूको बारेमा जानकारी दिने र योजना सम्पन्न पश्चात सार्वजनिक सुनुवाई गर्ने लगायतका विषयमा तालिम प्रदान गरिँदै आएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताउनुभएकाे हाे ।

नगरपालिकाले १४ वटै वडामा धमाधम अभिमुखिकरण तालिम प्रदान गरिरहेको जनाएकाे छ । अहिलेसम्म ५ वटा वडामा तालिम प्रदान गरिसकिएको र अब बाँकी ९ वटा वडामा दशैं अगाबै अभिमुखिकरण तालिम दिइसक्ने फिदिम नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर प्रेम काफ्लेले बताउनुभयो ।

अभिमुखिकरण तालिम पश्चात योजना संचालन गर्न सहज हुने, सम्झौता बमोजिम गुणस्तरीय कामय हुने अपेक्षा राखिएको फिदिम-२ का वडा अध्यक्ष दिनानाथ अधिकारीले बताउनुभयो । अभिमुखिकरण कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले तथा उपप्रमुख राधाकृष्ण न्यौपानले उपभोक्ता समितिलाई सम्झौता तथा लागत स्टेटमेन्ट बमोजिम गुणस्तरीय काम गर्न निर्देशन दिइरहनुभएको छ ।

त्यस्तै, फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाहाल, प्राविधिक शाखा प्रमुख काफ्ले, योजना शाखा प्रमुख इन्दिरा दाहाल, रोजगार शाखा प्रमुख इन्द्र गुरुङ र लेखा शाखा प्रमुख हेम नेम्बाङ लगायतले साेही तालिमको सहजीकरण गरिरहनुभएका छन् ।