९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थप २०३ जनामा कोरोना संक्रमण


91
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५९ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ३ सय जनाको पीसीआर र ३ हजार ७ सय ५९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार १ सय २६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार २ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।