
काठमाडौं । अर्मेनिया र अजरबैजानबीचको सीमा विवाद फेरी उत्कर्षमा पुगेकाे छ ।
२ वर्षसम्म शान्त रहेका यी दुई देशबीचको सीमा विवाद पुन: चुलिएको हो । संघर्षकै क्रममा अर्मेनियाका ४९ जना र अजरबैजानका ५० सैनिकाे मृत्यु भएकाे छ । अर्मेनियाको रक्षा मन्त्रालयका अनुसार मंगलबार रातिदेखि जारी संघर्षका क्रममा दुवै तर्फबाट ड्रोन हमला र गोलाबारी हुँदा ९९ जना सैनिकको मृत्यु भएको हो ।
अजरबैजानी सेना अर्मेनियाको सीमामा प्रवेश गरेपछि अजरबैजानको सेनाले प्रतिकार गर्दा भीडन्त भएको जनाइएको छ । दशकौंदेखि सीमा विवादका कारण संघर्ष हुँदै आएको यी दुई राष्ट्रलाई रुसले संघर्ष बिरामका लागि गरेको प्रयास बिफल भएको थियो । सन् १९९४ मा यी दुई मुलुकबीच भएको युद्ध पश्चात नागोरनो कोराबाख इलाकामा अर्मेनियाले कब्जा जमाउँदै आएको छ ।
उक्त भू-भागलाई अजरबैजानले आफ्नाे इलाका भन्दै दावी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्