१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बार्सिलोना बायर्नसँग पराजित


78
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना बायर्नसँग २–० ले पराजित भएको हो ।

बायर्नका लागि लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरे ।

खेलको ५० औं मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि ५४ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई २–० गोलको जित दिलाए ।

जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बार्सिलोना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २–० ले हराएको छ ।