
काठमाडौं । “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार“ नाराका साथ आज ५८औं राष्ट्रिय बाल दिवस मनाइँदैछ ।
हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई सेप्टेम्बर १४, १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण तथा बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा यो दिवस मनाउने गरिन्छ ।
नेपालमा बालदिवसमा पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहले सुरू गरेको इतिहासमा उल्लेख छ ।
नेपालमा हरेक बर्ष बाल दिवस मनाइँदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको पाइदैन । अझैपनि बालश्रम शोषणको घटना उतिकै छ भने सडकबालबालिका देखि बालबालिकाको बेचविखन तथा विद्यालय जान पाउने अधिकारबाट बच्चित बालबालिकाको संख्या ठुलो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्