१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


धरानको सडकमा २ वर्षीय बालिका बेवारिसे अवस्थामा भेटिइन्


1.937k
Shares


सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित बुढासुब्बा चोकमा अन्दाजी २ वर्षकी बालिका बेवारिसे अवस्थामा भेटिएकी छन् ।

सडकमा भेटिएकी बाकिकालाई प्रहरीको जिम्मा लगाइएको हाे । मंगलबार राति सडकमा भेटिएकी ति बालिकालाई नेपाली कांग्रेस संखुवासभाका नेता थमन गुरुङको टोलीले इलाका प्रहरी कार्यालयमा खबर गरेर प्रहरीको जिम्मा लगाएकाे हाे ।

प्रहरी कार्यालयमा बालिका राख्ने ठाउँ अभावका कारण सरस्वती बाल आश्रम धरानमा राखिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख देउप्रसाद लिम्बुले बताउनुभयाे । उहाँले बालिकाको अभिभावक पत्ता लगाउनका लागि सुनसरी भरी प्रहरी मार्फत जानकारी गरिएको बताउनुभयाे ।

बालिकालाई भारतबाट आएका अज्ञात ब्यक्तिहरुले चोरेर सडकमा बेवारिसे अवस्थामा छाडेको हुनसक्ने आशंका गरिएको छ ।