१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निलम्बित प्रधानन्याधीश राणाले आरोप लगाएका सबैलाई डाक्ने समितिको निर्णय


546
Shares

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा आरोप लगाएका सबै ब्यक्तिहरुलाई बयानका लागि बोलाउने भएको छ ।

समितिको आज बुधबार बसेको बैठकमा राणाले नाम लिएका बहालवालाल कामु प्रधानन्याायधीश, न्यायाधीशलगायतलाई बोलाउने निर्णय गरेको हो ।

राणाले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सवैलाई पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

उनीहरु सबैलाई भोलि बिहीबार समितिमा डाकेर बयान लिइने बुझिएको छ । समितिले राणालाई पुरक प्रश्नहरु सोध्ने नसोध्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।