१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


सरकारले प्रतिपक्ष दलमाथि प्रतिसोध साँधेको सांसद अधिकारीको आरोप


403
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरु निर्वाचित भएको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नदिएको आरोप लगाउनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । प्रतिपक्ष दलमाथि प्रतिसोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै सांसद अधिकारीले त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गर्नु भयो ।

उहाँले गुठीयारहरुको समस्या समाधान गर्न सरकार उदासिन रहेकोे भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सो सम्बन्धि विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दवाव समेत दिनु भयो ।

सांसद अधिकारीले ओली नेतृत्वको अघिल्लो सरकारले गुठी समस्या समाधानका लागि ल्याएको सो विधेयक गम्भिरतापूर्वक छलफल गरी गुठीयारहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।