
फाइल तस्वीर
स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगरी पनि राजनीति गर्न सकिने बताउनुभएको छ ।
स्याङजाको सदरमुकाम पुतलीबजारमा बुधबार आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गर्नुभयो ।
भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले शीर्ष दलहरूले यसको रोकथाम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले करिब दुई दशकभन्दा बढी शासन गरेपनि देश समृद्ध हुन नसकेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्