१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनको मूल्य घट्दा चाँदी बढ्यो


8.125k
Shares

Gold price hike nepal

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बिहीबार ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।