३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


इलामको पानीटारमा पर्यटकको आकर्षण बढ्दै


234
Shares

इलाम । इलामको देउमाई नगरपालिका–३ मा अवस्थित पानीटार चिया बगानमा पर्यटकको आकर्षण बढेको छ ।

देउमाई नगरपालिका र प्रदेश १ सरकारबाट प्रचारप्रसार र आधारभुत पूर्वाधार निर्माण गरेपछि पानीटार अहिले पर्यटकको मनोरञ्जन केन्द्रसँगै फिल्म र म्युजिक भिडियो छायाङ्कनस्थल बनेको छ ।

इलाम सदरमुकामबाट करिब ३० किमीको दूरीमा पर्ने पानीटार पुग्न इलाम सदरमुकाम–बिब्ल्याँटे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ भएर पानीटार पुगिन्छ । पर्यटकको आकर्षण बढेपछि स्थानीयका घरमा होमस्टे पनि संचालनमा छन् ।

विशेषतः घुमघाम र हिउँदमा वनभोज आउनेको संख्या बढी हुन्छ ।

पानीटारमा प्रदेश नं. १ मातहतको मेची पहाडी पर्यटन प्रवर्द्धन विकास समितिबाट पर्यटन पूर्वाधार निर्माण गरिएको थियो ।