२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कास्कीमा माइक्रो बसको ठक्करबाट वृद्धाको मृत्यु


364
Shares

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा बुधबार साँझ माइक्रो बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ वर्षीया देवकला बन्जराको मृत्यु भएको हो ।

माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

ठक्कर दिने माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।