
पर्सा । पर्सा प्रहरीले लागुऔषध चरेशसहित ३ जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर मनहरा गाउपालिका–८ कि कबिता माया बल, कल्पना मोक्तान र रीता बिश्वकर्मा रहेका छन ।
जितपुरबाट मनवातर्फ जाँदै गरेको अटो चेकचाजको क्रममा उनीहरुको साथबाट १३ किलो ८ सय ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महिलामाथि लागू औषध समन्धी कसुरमा अनुसन्धान भैरहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रबक्ता दीपक गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्