
काठमाडौं । निर्देशक सुदर्शन थापाविरुद्ध एक पत्रकारले प्रहरीमा उजुरी दिएका छन् ।
पत्रकार सुजन श्रेष्ठले बिहीबार गौशला प्रहरी वृत्तमा उजुरी दिएका छन् । सुदर्शनले आफूमाथि कानको जाली फुटाउने धम्की दिँदै गालीगलौज गरेको भन्दै उनले उजुरी दिएका हुन् ।
सुजनले केही समय अगाडि चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै एक अनलाइनमा समाचार प्रकाशित गरेका थिए । आफू निर्देशित चलचित्रको नकारात्मक समाचार आएपछि आपत्ति जनाउँदै फोन गरेर सुदर्शनले गालीगलौज गरेका थिए । चलचित्रको विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै सुदर्शनले कानको जाली फुटाउने धम्की समेत दिएका थिए ।
सुदर्शनले धम्की दिएको एक मिनेटको अडियो सुजनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्