
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
एन्फाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । यस्तै एन्फाले सो मैत्रीपूर्ण खेलको टिकट मूल्य पनि तय गरेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ ।
मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ । एन्फाले मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराज जंग शाहीलाई संयोजक तोकिएको जनाएको छ । मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली असोज ७ गते नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।
मैत्रीपूर्ण खेलका लागि नेपालले कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्