
काठमाडौं । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ ।
बयानका लागि समितिको बैठक अबको केही समयमा बस्नेछ । बैठकमा जबरासँग पूरक प्रश्न सोधिनेछ । समितिले यसअघि उहासँग ४३ वटा प्रश्न सोधिसकेको छ ।
आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा राणाले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसोसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्तालाई पनि मुछ्नुभएको छ । जसमध्ये समितिले बिहीबार सात जना वकिलसँग सोधपुछ गरेको थियो । समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।
सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू भने उपस्थित भएका थिएनन् ।
प्रधानन्यायाधीश जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मंगलबार सकिएको थियो । समितिले गत भदौ ८ गते बयान लिने निर्णय गरी भदौ १६ गतेदेखि बयान लिन सुरु गरेको थियो ।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्