
काठमाडौं । नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको निधन भएको छ ।
कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य र पूर्वमहासमिति सदस्य घिमिरेको बिहीबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।
वि.सं. २०२५ सालमा जन्मनु भएका स्वर्गीय घिमिरेले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार रहनु भएको थियो ।
उहाँको शुक्रबार दिउँसो १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
यसैबीच कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्