२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


फिल्म ‘छक्कापञ्जा ४’ को प्रदर्शन मिति सार्वजनिक


676
Shares

काठमाडौं । ‘छक्कापञ्जा ४’ फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।

फिल्म फागुन १९ गते प्रदर्शन हुने भएको छ । उनले फेसबुकमा लेखेका छन्, ’छक्का पन्जा ४ रिलिज डेट फाल्गुण १९ गते शुभदिन’।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, माग्ने बुढा , राज आचार्य लगायतका कलाकार रहेका छन् ।

हेमराज बिसिद्वारा निर्देशित फिल्मलाई नरेन्द्र मैनालीको छायांकन तथा कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।

यसअघि बनेको छक्कापञ्जाको सिक्वेल दशैंको छेको पारेर रिलिज हुने गरेको थियो ।