
काठमाडौं । विश्वव्यापी रूपमा भइरहेको तापमान वृद्धिको असर पाकिस्तानको बाढीमा परेको तथ्यांक सार्वजनिक भएको छ ।
वर्ल्ड वेदर एट्रिब्यूसनका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा पाकिस्तानमा हालै आएको बाढी विनाशकारी बन्नुमा तापमानवृद्धि मुख्य कारक रहेको औंल्याईएको छ । पाकिस्तानमा बर्षातको मौसम शुरु भएपछि आएकोे बाढीका कारण लाखौँ मानिस बिस्थापित भएको र १५ सयको जनाको मृत्यु भएको भइसकेको छ ।
वैज्ञानिकहरुको टोलीले आगामी बर्षहरुमा भने हालको जस्तै विपदको अवस्था सिर्जना हुने सम्भावना करिब एक प्रतिशत मात्रै रहेको बताएका छन् । पाकिस्तानमा सन् २०१० पछि यताकै अहिले ठूलो बाढी आएको हो ।
बाढीका कारण पाकिस्ताको जनजीवन अस्तब्यस्त बन्नुका साथै खाद्यान्न, पानी, औषधीसहितका अत्यावश्यक सामग्रीको अभाव भएको छ ।
प्रतिक्रिया दिनुहोस्