१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरामा पनि डेंगी बिरामीको चाप बढ्दै


78
Shares

डडेल्धुरा । डडेल्धुरामा पनि डेंगी रोगका बिरामी देखिन थालेका छन् ।

जिल्लाका पाँच स्थानीय तहमा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । कार्यालयका अनुसार जिल्ला सदरमुकाम रहेको अमगरढी नगरपालिका, अजयमेरु गाउँपालिका भागेश्वर, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा डेंगीका बिरामी फेला परेका हुन् ।

डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा २८ जनामा डेंगीका बिरामी देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका स्वास्थ्य निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार २८ जनामध्ये १६ जना डडेल्धुराका छन् भने बाँकी ९ जना बैतडी र ३ जना डोटीका रहेका छन् ।

डडेल्धुरामा सबैभन्दा बढी अमरगढी नगरपालिकामा ९ जनामा डेंगी लक्षण देखिएको छ । यसैगरी भागेश्वर गाउँपालिकामा ३, गन्यापधुरा र नवदुर्गामा २–२ र अजयमेरु गाउँपालिकामा पनि डेंगीका बिरामी देखिएको छ ।