
फाइल तस्वीर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राजनीतिक नेतृत्वमा सहमति नहुँदा कतिपय विधेयकहरु अल्झिएको बताउनुभएको छ ।
संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राजनीतिक नेतृत्वमा सहमति हुननसक्दा र कानूनी जटिलताका कारण पनि कतिपय वर्तमान संसदले पास गर्नुपर्ने कानूनहरु बन्न नसकेको बताउनु भयो । उहाँले नेकपा एमालेले अवरुद्ध गरेको संसद खोल्ने सहमति भएसँगै संसदले गलिशिलताका साथ काम गरेको दावी गर्नुभयो ।
मन्त्री पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका काम भन्दा बाहेक पार्टीको बैठक बस्न नहुने भएपनि गठबन्धनको बैठकमा प्रधानमन्त्री नै बस्नुपर्ने भएकाले बालुवाटारमा बैठक हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्