२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


प्रधानमन्त्री निवासमा पार्टीको सामान्य छलफल गर्दा अन्यथा लिन नहुने मन्त्री श्रेष्ठको जिकिर


234
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने विषयलाई अस्वभाविक रुपमा लिन नहुने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री निवासमा पार्टीको आकस्मिक बाहेकका बैठक बस्ने नगरेको बताउनु भयो । मन्त्री श्रेष्ठले प्रधानमन्त्री पार्टीको सभापति भएकाले पार्टीभित्रका सामान्य छलफल गर्दा अन्यथा लिन नहुने जिकिर गर्नुभयो ।