
फाइल तस्वीर
काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पाँच वर्षको अवधिमा प्रतिनिधि सभाले मुलुकलाई समृद्ध बनाउने, सुशासन कायम गर्ने सोच पूरा गर्न नसकेको बताउनु भयो ।
उहाँले प्रतिनिधि सभामा सांसद निर्वाचित भएर आउँदा राष्ट्रलाई बलियो बनाउने, जनताका हक अधिकारलाई बलियो बनाउने, देशलाई आर्थिक रुपमा समृद्ध बनाउने र विश्वसामु नेपालको प्रतिष्ठालाई उच्च बनाउने अपेक्षा र चाहना यो संसदबाट पूरा गर्न नसकेको बताउनु भयो ।
नेता रावलले पाँच वर्षको अवधिमा संसद विघटन, राष्ट्र हीत विपरीतको एमसीसी सम्झौता पास गरी राष्ट्रलाई कमजोर बनाउने काम भएको बताउनु भयो । सांसद रावलले पाँच वर्षको अवधिमा जनताले प्रतिनिधिबाट गरेको अपेक्षा अनुरुपको काम नभएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्