८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लकडाउनका कारण यूरोपमा ३० लाख मानिस कोरोनाबाट जोगिए : अध्ययन


0
Shares

काठमाडौं । यूरोपमा लकडाउनका कारण ३० लाख मानिसलाई कोरोना भाइरसबाट बचाएको एक अध्ययनले निश्कर्ष निकालेको छ ।

बेलायतको लण्डनस्थित इम्पेरियल कलेजको एक समुहले गरेको अध्ययनले लकडाउन नगरेको भए कोरानाबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा अत्याधिक हुने जनाएको हो ।

तर अध्यययनले कोरोना संक्रमित सानो अनुपातमा मात्र रहेको र विश्व महामारीको शुरुवाती चरणमा रहेको चेतावनी समेत दिएको छ ।

अष्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स,जर्मनी, इटाली, नर्वे, स्पेन स्वेडन, स्वीट्जरल्याण्ड र बेलायतमा मेको शुरुवातसम्मको अध्ययनपछि यस्तो निचोड निकालिएको हो ।

यी मुलुकमा हालसम्म करिब १ लाख ३० हजार मानिसको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

यस्तै एक अर्को अध्ययनले पनि लकडाउनले थोरै समयमा धेरै मानिसलाई बचाएको जनाएको छ ।

नेचर जर्नलमा प्रकाशित रिपोर्ट अनुसार लकडाउनले मे ४ सम्ममा ३१ लाख मानिसलाई बचाउन सकेको उल्लेख छ ।

लकडाउन नभएको भए महामारीका कारण अहिलेको भन्दा निकै धेरै मानिस संक्रमित हुने रिपोर्टले जनाएको छ ।

यूरोपमा अहिले लकडाउन खुकुलो पार्दै जांदा यसले संक्रमण फैलन थप खतरा रहेको समेत रिपोर्टमा उल्लेख छ ।

तर विभिन्न मुलुकले अर्थतन्त्र तहसनहस हुन लागेको भन्दै लकडाउन खुकुलो गर्दै जनजीवन सामान्य बनाउन थालिसकेका छन् ।

कोरोनाको औषधि वा खोप बनिनसकेकाले कोरोनासंगै अघि बढ्नुको विकल्प नभएको भन्दै विशेष स्वास्थ्य सावधानी अपनाएर दैनिकी सञ्चालन गर्न सुझाव दिइएको छ । (एजेन्सी)