२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने


104
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आज शनिबारदेखि चुरोट तथा सुर्ती खान नपाइने भएको छ ।

महानगरपालिकाले बिहीवार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको थियो ।

सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउन लागेको भन्दै महानगरले अटेर गर्नेलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ का आधारमा कारबाही र जरिवाना तिराइने जनाएको छ ।