
एजेन्सी । महाठग सुकेश चन्द्रशेखरसँग सम्बन्धित २ सय करोड मुद्र अपचलन मुद्दामा भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजको समस्या झन बढ्दै गएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले ज्याकलिनसँग बुधबार ८ घण्टासम्म सोधपुछ गरेको थियो । सोधपुछका क्रममा ज्याकलिन फर्नान्डिज मुद्रा अपचलन प्रकरणमा प्रत्यक्ष संलग्न नभएको खुलासा भएको थियो । साथै ज्याकलिन सुकेशसँग विवाह गर्ने योजनामा रहेको पनि खुलासा भएको छ ।
यति मात्र नभएर सुकेशको सत्यबाहिर आएपछि पनि ज्याकलिन लगातार सम्पर्कमा थिइन् । उनले सुकेशलाई आफ्नो सपनाको राजकुमार भनेर सम्बोधन समेत गर्ने गरेकी थिइन् । सुकेशको अपराधिक इतिहास थाहा पाएर पनि सम्बन्ध नतोड्दा ज्याकलिन ठूलो समस्यामा पर्न सक्ने आर्थिक अपराध महाशाखाका प्रहरी विशेष आयुक्तले बताएका छन् ।
दिल्लीको आर्थिक अपराध शाखाले ज्याकलिन फर्नान्डिजका म्यानेजर प्रशान्तबाट ८ लाख भारतीय रुपैयाँको बाइक पनि बरामद गरेको छ । यो बाइक सुकेशले ज्याकलिनका म्यानेजरलाई उपहार दिएका थिए ।
सुकेशले फोर्टिस हेल्थकेयरका पूर्वप्रमोटर शिवेन्द्र मोहन सिंहकी श्रीमती अदिति सिंह जस्ता उच्च व्यक्तित्वहरूसहित धेरै मानिसहरूलाई ठगी गरेको आरोप समेत लागेकाे छ । हाल सुकेश जेलमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्