
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताउनुभएको हो । उहाँले स्वतन्त्र उम्मेदवारले संसदमा बोलेर अलिकति चेतना जगाउन सकेपनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताउनुभयो ।
उहाँले आफु राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सिमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने बताउनुभयो । कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने उहाँको भनाई छ । अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको भन्दै सबैलाई पार्टीमा आवद्ध हुन आग्रह गर्नुभयो । उहाँले पार्टीलाई नै सही मार्गमा हिडाउन भुमिका खेल्न आग्रह गर्नुभयो ।
अघिल्लो पुस्ताका नेताहरुमा त्याग गर्ने क्षमता भएपनि निर्माण गर्ने कुरामा कमजोरी रहेको उहाँको भनाई छ । अब देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै उहाँले बिद्रोह गर्नेलाई होइन सिर्जना गर्नेलाई भोट दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्