
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ ।
एक्सपोमा प्रदेश १ सहित मुलुकका बिभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्रि समेत हुने जनाइएको छ ।
यसका साथै प्रदर्शनीमा नयाँ संचार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसंगै कृषिमा हुँदै गएको आधुनिकिकरण, स्वास्थ्य क्षेत्रको नयाँ प्रविधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी बस्तुको उत्पादन साथै व्यवसायिकरण, पर्यटनको सम्भावनासंगै ति स्थानहरुको पहिचान एवं गन्तब्यको सुनिश्चितताको खोजी हुने आयोजकले जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्