
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नागरिकता विधेयक कुनै बहाना नगरीकन छिटो जारी गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै नागरिकता विधेयक प्रमाणिकारण गर्नुपर्ने बताउनुभएको हो ।
‘यसअघि वैवाहिक अङ्गीकृत नागरिकता पनि दिएकै हो । महिलालाई संवैधानिक रुपमा विभेद गर्न मिल्दैन । आफ्नो बाबुको पहिचान नखुलेको अवस्थामा स्वघोषित आमाले भन्दा नागरिता दिनुपर्छ,’ उहाँले भन्नुभयो ।
साथै उहाँले संवैधानिक आयोगलाई पारदर्शी र प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्दै जनजीवनमाथि उकास्न कृषिमा क्रान्ति र अन्य धेरै काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्