
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार पनि बस्दै छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको तय गर्न बैठक बोलाइएको हो ।
शनिबार साँझ भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले समानुपातिक उम्मेदवाहरुको टुंगो लगाउन नसकेपछि आइतबार ११ बजेलाई बैठक बोलाइएको हो ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिका अनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरुका बारेमा जानकारी गराउनु भएको थियो । विविध मापदण्ड, समावेशि र विभिन्न जातीय समूहहरुलाई मिलाएर समानुपातिकको सूचि बनाउनु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्