
काठमाडौं । सशस्त्र द्वन्दका कारण लेबनानमा आश्रय लिएर बसेका सिरियाली शरणार्थीहरु मध्ये मासिक १५ हजारलाई सिरिया पठाउने योजना लेबनानले सुरु गरेको छ ।
सिरिया फर्किन चाहने शरणार्थीहरुलाई सिरियाले उपलब्ध गराएको बसमार्फत उनीहरुलाई स्वदेश फर्काउने लेबनानले बताएको हाे । यो प्रक्रिया लेबनानी सामान्य सुरक्षा निर्देशनालय र लेबनानी रेडक्रसको सहकार्यमा गरिने भएकाे छ । स्वदेश फर्काइएका सिरियाली शरणार्थीहरुलाई संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको निगरानीमा लेबनान र सिरियाबीचको मस्नाआ क्षेत्रमा लगिने भएकाे छ ।
शरणार्थीसहितको पहिलो टोली १० दिनभित्र प्रस्थान गर्ने योजना समेत रहेकाे छ । लेबनानी अधिकारीहरूले लेबनानले साेही विषयमा अन्तर्राष्ट्रिय स्थितिको परबाह नगरी आफ्नो योजना कार्यान्वयन गर्ने बताएका छन् । शरणार्थीहरूको चापका कारण अर्थव्यवस्थामा ठूलो असर परेको भन्दै लेबनानले यो कदम चालेको हो ।
त्यहाँ १५ लाख सिरियाली शरणार्थीहरू रहेको अनुमान गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्