३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने नेपाल बारको घोषणा, सर्वोच्चमा प्रहरी परिचालन


1.911k
Shares

काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

आइतबार बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताउनुभयाे । जबरालाई सर्वोच्चभित्र प्रवेश गर्न दिने कुरा कल्पना पनि गर्न नसकिने उहाँकाे तर्क छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताउनुभएकाे थियाे । उहाँले प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्नुभएकाे थियाे ।

जबराकाे याे भनाइ सार्वजनिक भएपछि नेपाल बारले साेमबार आकस्मिक बैठक बाेलाएकाे थियो । आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उहाँलाई भित्र छिर्न समेत नदिने घोषणा गरेको हो ।

अहिले सर्वोच्च अदालतको मुख्य गेट अगाडि प्रहरी परिचालन समेत गरिएकाे छ ।