
पोखरा । पोखरा महानगरपालिकाले डेंगु विरुद्धको सचेतना अभियान सुरू गरेको छ ।
महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेंगु रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरू गरिएको हो ।
अभियानको सुरूवात गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले डेंंगु थप फैलन नदिन जनजागरण अभियान सञ्चालन गर्नु परेको बताउनुभयो ।
ग्यारेज तथा कवाडी संकलन केन्द्रहरूमा लामखुट्टेको सुरक्षित वासस्थानका रूपमा पाइएकाले त्यस्तो व्यावसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई थप सचेत रहन भनिएको छ ।
पोखरामा पनि पछिल्लो समय डेंगु रोग फैलदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्