
फाइल तस्बिर
काठमाडौं । काठमााडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जीवनमा जीत नभई हार्न सक्नुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताउनुभयो ।
आइतबार देशभरका ७७ वटा जिल्लामा नै आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम हुँदैछ । काठमाडौंमा आइतबार बिहान सचेतनामुलक प्रभातफेरी कार्यक्रमसमेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्