
फाइल तस्बिर
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिले युवा पुस्ताले सबैभन्दा धेरै आत्महत्या गरिरहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सामाजिक सञ्जाललाई सही प्रयोग गर्न नसक्दा पनि कतिपय आत्महत्याका घटना हुने गरेको भन्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनुभयो ।
आइतबार देशभरका ७७ वटा जिल्लामा नै आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम हुँदैछ । काठमाडौंमा आइतबार बिहान सचेतनामुलक प्रभातफेरी कार्यक्रमसमेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्