१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निलम्बित प्रधानन्यायाधीश जबरा निवासमै नजरबन्द ?


6.344k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किनमा रोक लगाइएको छ ।

आइतबार जबराले सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई सरकारी निवासबाटै निस्कन रोक लगाइएको हो । जबरा सर्वाेच्चमा फर्कने तयारी गरेपछि उहाँलाई रोक्न नेपाल बार एशाेसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिन पुगेका थिए ।

साथै बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन समेत गरिएको छ । शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि महाभियोग निस्कृय भएको दावी गर्दै जबरा आइतबार सर्वाेच्च अदालतमा जाने जानकारी गराउनु भएको थियो ।

जबराविरुद्ध गत १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै उहाँ निलम्बनमा पर्नुभएको हो । महाअभियोगका विषयमा प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाइसकेको छ ।

समितिको बहुमतले जबराविरुद्ध महाअभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो ।