१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वाइसीएल सुनसरीको संयोजकमा केसी चयन


91
Shares

सुनसरी । योङ कम्युनिस्ट लिग (वाइसीएल) को सुनसरी संयोजकमा धरानका नवीन केसी चयन भएका छन ।

वाइसीएल केन्द्रीय समितिको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । वाइसीएलको रिक्त रहेको सुनसरी अध्यक्ष पदमा केन्द्रीय समितिको बैठकले केसिलाइ जिल्लाको नेतृत्व गर्न संयोजकको जिम्मेवारी दिएको केन्द्रीय अध्यक्ष सुबोधराज शेर्पालीले बताए ।

उनले वाइसीएल सुनसरीको इन्चार्जमा इटहरीका अबिनास लिम्बुलाई चयन गरिएको बताए । संयोजकमा चयन भएका केसीले जिम्मेवारी पाएपछी वाइसीएल सुनसरीलाई मजबुत पारी युवाहरुको हकहितमा लाग्ने प्रतिबद्धता जनाएका छन ।