
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज (आइतबार) पनि हुन सकेन ।
केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । केसीविरुद्धको मुद्दालाई सर्वोच्चले हेर्न नभ्याइने सूचीमा राखेका छ । जसकारण मुद्दाको सुनुवाइ हुन नसकेर मुद्दालाई आइतबार पनि स्तगन गरिएको हो । यसरी यो मुद्दालाई सर्वोच्चले ५ औं पटक हेर्न नभ्याइने सूचीमा राखेका छ ।
बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
केसीलाई बोर्ड अध्यक्षको रूपमा नियुक्त गर्न मन्त्रालयले मापदण्ड घटाएको निवेदकहरूको तर्क छ । अध्यक्ष बन्न स्नातक उत्तिर्ण हुनुपर्ने व्यवस्था कायम राख्न पनि निवेदकको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्