
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको बताए ।
उनले भने,’ नेपाललाई साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारकाे टाेलीले पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद भएकाे थियाे।’
प्रतिक्रिया दिनुहोस्