१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चलचित्र ‘छक्का पञ्जा ४’ले फागुन १९ गते रिलिज मिति तोकेपछि ‘परस्त्री’ निर्मात्री पाण्डे आक्रोशित


3.653k
Shares

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ले फागुन १९ गते रिलिज मिति तोकेपछि ‘परस्त्री’ निर्मात्री शर्मिला पाण्डेले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेकी छन् ।

फागुन १९ गते तीन वटा चलचित्र ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ले प्रदर्शन मिति तोकेर बसेको अवस्थामा शुक्रबार चलचित्र ‘छक्का पञ्जा ४’ले पनि प्रदर्शनका लागि यही मिति तोकेपछि अन्य फिल्मका निर्मातासँगै ‘परस्त्री’ निर्मात्री पनि आक्रोशित भएकी छन् ।

आफ्नो चलचित्रसँग अरू चलचित्र आएर भिड्न लाग्नु निरन्तर रूपमा चलचित्र निर्माण गरिरहेको आफ्नो टिमलाई हतोत्साही बनाउन र नेपाली फिल्म उद्योगलाई धरासाही बनाउन गरिएको खेल रहेको शर्मिलाले फेसबुक मार्फत उल्लेख गरेकी छन् ।

‘छक्का पञ्जा’ सिरिजले बक्सअफिसमा आफूलाई प्रमाणित गरिसकेका कारण नयाँ नाममा बनेका चलचित्रलाई त्रास हुनु स्वभाविक हो ।