१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


होहल्ला गरेको आरोपमा निर्वाचन आयोगबाट तीन जना पक्राउ


65
Shares

काठमाडाैँ । होहल्ला तथा नाराबाजी गरेको आरोपमा निर्वाचन आयोगबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा समाजवादी केन्द्रका अध्यक्ष युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् ।

उनीहरुले होहल्ला गरेपछि पक्राउ गरिएकाे उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी सीताराम रिजालले जानकारी दिनुभयाे ।

उनका अनुसार आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका उनीहरू हाेहल्ला गरेपपछि पक्राउ परेका हुन् । उनीहरुलाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइरहेको छ ।