१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नियन्त्रणमा आउँनै सकेन डेंगु


507
Shares

काठमाडौं । नेपालमा गत साउन यता मात्र १३ हजार ९ जनामा डेंगु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै डेंगुका कारण हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । हाल सम्म सबैभन्दा बढी वागमती प्रदेशमा करीव ९ हजार जनामा डेंगु संक्रमिगत फेला परेका छन् ।

त्यस्तै, लुम्बिनीमा १ हजार ५ सय १० जना, प्रदेश १ मा ४ सय १७ जना, मधेश प्रेशमा २ सय २६ जना, गण्डकीमा २ सय ९१ जना, कर्णालीमा १ सय ८८ जना, र सुदूरपश्चिममा चार सय ४ जनामा संक्रमण देखिएको छ ।

डेंगु संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्दो छ । सरकारले लार्भा ‘खोज र नष्ट गर’ अभियान संचालन गरिरहेको छ । त्यस्तै डेंगु संक्रमित बढेसँगै बजारमा सिटामोलको अभाव देखिएको छ । डेंगु संक्रमणका कारण ज्वरो आएकाहरुले नियन्त्रणका लागि सिटामोल प्रयोग गर्दै आएका छन् ।

डेंगु संक्रमितले ज्वरो आउन कम नहुन्जेल चिकित्सकको सल्लाहमा लगातार सातादेखि दश दिनसम्म सिटामोल प्रयोग गर्ने गर्दछन् ।