
काठमाडौं । सरकारले विभिन्न मुद्दाका ७०२ जनाको सजाय माफी गरेको छ ।
भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशहरुका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका ६८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहा गर्नु भएकाे हाे ।
त्यस्तै, विभिन्न फौजदारी मुद्दा लागेका २१ जनाको कैद सजाय मिनाहा गरिएको छ ।
नेपालको संविधानको धारा २७६ अनुसार असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा उनीहरुको सजाय माफी भएको शीतल निवासका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस्