
काठमाडौं । संविधान दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ ।
कम्पनीका ग्राहकहरुका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको जनाएको हो । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिने जनाइएको छ ।
यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ मा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । यस्तै, १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २ सय ९४ मा खरिद गर्न सकिने पनि टेलिकमले जनाएको छ ।
यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्